काठमाडौं । सबैलाई हँसाउने सबैलाई रुवाउने सुकुमायाको जीवन कथा छोरी भएकै करण आफ्नै बुवाको हेपाइ सहन न सकेर छिरेकी थिन काठमाडौं, २०५० साल जेठ ९ गते दोलखा जिल्लामा जन्मिएकी आशा खड्का (सुकुमाया) सानैमा एकदम सालिन र शान्त स्वभावकी थिन । उनका बुवाले रामेछापमा व्यापार गर्थे त्यसैले उनी रामेछाप आइन् र उनको बाल्यकाल रामेछापमै बित्यो, बुवाको व्यापार राम्रै चल्यको थियो,उनको आर्थिक अवस्था भने राम्रै थियो हुनेखाने परिवारमा जन्मे पनि उनको जीवन अभावै अभावमा बित्यो कारण थियो उनको बुवाको दोस्रो विवाह। आशाका बुवा चाहन्थे आशाको आमाबाट छोरीको जन्म भयो, एक दिदी अनि आशाको जन्म भएको थियो। एउटा पनि छोरा न भएपछि आशाका बुवाले कान्छी श्रीमती भित्र्याएर छुट्टै बस्न थाले आशा खड्का स्मरण गर्दै भन्छिन् आमा दिदी र म अलग भएर छुट्टै बस्ने गर्थेउ र पनि मेरो बाबाले आमालाई मानसिक तनाब दिन छाड्नु हुँदैन समाजले पनि हामीलाई बिस्तारै हेप्न थाल्यो सधै आफ्नो बाबा र समाजको हेपाइ सहरा बस्न नसकेर आशाकी दिदीले पनि सानैमा भागेर बिहे गरिन् अनि आशा आमा सँग एक्लै बस्ने गर्थिन् किन हो श्रीमानको टचर र समाजको हेपाइ विक्षिप्त भएको उनकी आमा दिनदिनै कमजोर हुँदै गएको थिन। आमाको त्यो पीडा सहन नसकेर आशाले एक दिन गाउँ नै छोडेर जाने निधो गरिन् त्यतिबेला आशा मात्र 13 वर्षको थिन तर पनि उनमा आँट थियो कि म केही गर्न सक्छु भनेर र उनी आमालाई सँगै लिएर काठमाडौ सहर छिरिन् , काठमाडौं बसे सँगै सुरु भए आशाका संघर्षका दिन काठमांडू आउँदा आसा सँग एउटा प्लास्टिकमा पोको पारेका एक जोर कुर्ता सुरुवाल बाहेक केही थिएन थिए त उनको आमाको साथ मात्र बिरानो सहर चिनेका कोही पनि थिएनन् खाने बस्ने समेत कुनै टुंगो थिएन त्यो समयको स्मरण गर्दै आसा भन्छिन् त्यो समयमा हामीलाई सधै एउटै कुराले सताउने गर्थ्यो साँझ बिहानको छाक कसरी जुटाउने हो भनेर पछि बिस्तारै आशाकि आमाले काम पाइन, जसोतसो गुजारा गरिरहेकी थिन आशाले पनि काम खोजिरहेकी थीन पछी बिस्तारै उनले पनि काम पाइन काम थियो होटलमा भाँडा माझ्ने अनि काम थियो, महिनाको एक हजार रुपैयाँ मात्र त्यो समयमा आशा एकदमै खुसी भएको थिन किन भने उनले काम पाएकी थिन, उनलाई लाग्थ्यो अब मैले पनी पैंसा कमाउँछु अनी आमालाई खुसि साथ पाल्छु उनकी भनिन् । एकदिन काममा जाँदै गर्दा उनको आँखा बाटोको एउटा पसलमा गयो,पसलमा रहेको डम्मिमा उनले एउटा साडी देखिन त्यो साडी उनलाई असाध्यै मन पर्यो मन त लाग्यो त्यो साडी किनेर आमालाई दिन तर पनि उनीसँग पैंसा थिएन काम गर्दै जाँदा बिस्तारै उनको तलब पनि साहुले बढाई दिएको थियो, महिना पुगेपछी उनले तलब पाइन त्यो दिनलाई उनी सम्झदै भन्छिन् दौडिँदै गएर उनलाई मन परेको साडी किनेर आमालाई दिएको थिए । सायद त्यो दीन थियो होला म एकदमै खुसी भएको काठमाडौमा संघर्ष गर्दै गर्दा उनको एक दिन रिता सिवाकोटी अर्थात मुकुली सँग भेट हुन पुग्यो रिता सिवाकोटी पनि आशाकै गाउँकी थिन बिस्तारै चिनजान भयो र त्यो बिरानो सहरमा आशाकी सहारा बन्न पुगिन् रिता सिवाकोटी अर्थात मुकुलि आशाले आफूले गरेको दुःख बारे सवै उनलाई सुनाउने गर्थिन् रिता पहिले नै काठमाडौ आइसकेकी हुनाले उनको केही कलाकार संग चिनजान थियो पछी बिस्तारै उनले आशालाई पनी आफू संग लग्न थालिन एकदिन रीताले आशालाई लगेर सिरियलको सुटिङ हेर्न गइन् त्यो बेला हरके हवलदारकाे सुटिङ चलिरहेको थियो। उक्त सिरियलमा एकजना मान्छे चाहिएको रहेछ, सोझी गाउँकी केटीको अभिनय गर्न सक्ने बाटुलीको छोरीको रूपमा आशालाई उपयुक्त ठानेर प्रकाश सुवेदीले सिरियल खेल्ने प्रस्ताव राखे तर प्रकाश सुवेदीले प्रस्ताव गरे पनि आशाले भनें खेल्न मानिनन् किन भने उनले सोचेकी थिनन् आफू कलाकार बन्छु भनेर आफू सँगै गएकी रीताले पनी आशालाई सिरियलमा खेल्न आग्रह गरिन् आशा स्मरण गर्दै भन्छिन् शायद मलाइ त्यो समयमा त्यसरी रिता दिदीले सम्झाएर खेल्न बाध्य न बनाएको भय म यहाँ सम्म आइपुग्ने थिएन होला, हर्के हवल्दारको त्यो समयमा एकदमै चलेको सिरिय थियो उक्त सिरियल खेल्न थालेपछि आशाका पनि बिस्तारै सुखका दीन आउन थाले उनलाई पारिश्रमिक पनी राम्रै दिएको थियो आशाले हर्के हवल्दारमा लगभग ८ बर्ष जती काम गरिन् उक्त सिरियल खेले संगै उनलाई मिउजिक भिडियो र अन्य सिरियल बाट पनी अफर आउन लागिसकेको थियो, पछी बिस्तारै रिसानी माफ भन्ने सिरियलमा काम गर्न थालिन् उक्त सिरियलमा काम गर्दै गर्दा उनको भेट सागर गौतम संग भयाे त्यो समयमा सागर गौतम क्यामरा म्यान थिए बिस्तारै उनीहरू नजिकिदै गए र उनीहरू दुई बीच प्रेम बस्न थाल्यो जुन प्रेमलाई आशाले केही वर्ष अगाडि विवाहमा परिणत गरिन् आशाकी अहिले एउटी छोरी पनी जन्मेकी छिन,रिसानी माफमा काम गर्दैगर्दा आशाले अब आफलै केही गर्न पर्छ भन्ने सोचेर सुकुमाया टिभि भन्ने एउटा च्यानल खोलिन् उक्त च्यानलमा भुन्टी नामक सिरियलको एक् भाग सिरियल प्रसारण गरिन् र उक्त सिरियल रातारात भाइरल भइदियो त्यही बाट आशाको जिवनमा झुल्कियो नया आशाको किरण दर्शकले सिरियल मन् पराउन थाले पछी उनले निरन्तरता दिँदै गैन यसै बिचमा फेरी उनले कान्छी नामक सिरियल निकालिन् उक्त सिरियल समेत रातारात भाइरल भयाे त्यसपछि त झन् उनको जिवन शैली नैं फेरियो त्यसपछि महिनामा हजार कमाउने आशाले लाखौं कमाउन थालिन् उनको चर्चा पनी चुलिँदै गयो छोरी भएकै कारण बुवाको मय पाउन न सकेकी आसा दर्शकहरुबाट पाएको मायाले एकदमै खुसि छिन अहिले कलाकारिताको आम्दानी नैं आमालाई खुसि दीन सकेकी छिन पछिल्लो समयमा उनका सिरियलहरू एकदमै चर्चित छन् यस्तो पनी हुदोरहेछ म यो ठाउँसम्म पुग्छु भनेर उनले कल्पना समेत गरेकी थिनन् यहाँसम्म आउन धेरैं संघर्ष गर्न पर्यो अहिले धेरैं दर्शककाे माया पाएकी छु, धेरैं सन्तुष्ट छु अहिले भन्ने गर्छिन सधैं कलाकारितालाई निरन्तरता नैं दिने उनले बताइन् आशाले अहिले २ ओटा च्यानल सुकुमाया टिभि र कान्छी अफिसियल युट्युब च्यानलबाट प्रसारण गर्दै आएकी छन। कान्छी र भुन्टी नेपालकै नम्बर वानमा पर्ने गर्छन् ।

न्युज नेपाल बाट साभार गरिएको।