सिमकोट – संसद्मा प्रतिनिधित्व गर्ने जिल्लाका राजनीतिक दलको संयन्त्रको बैठक अब नियमित रुपमा बस्ने भएको छ। जिल्लामा सञ्चालन हुने गतिविधिमाथि निगरानी राख्न र सुशासन कायम गर्न कार्यालयलाई सहयोग गर्न उद्देश्यले दलहरुको बैठक नियमित बस्ने भएको हो।शनिबार जिल्लामा बसेको दलस्य संयन्त्रको बैठकले आगामी नयाँ आर्थिक वर्षबाट मासिक रुपमा बैठक बस्ने र उक्त बैठक प्रत्येक महिनाको पहिलो शनिबार बस्ने निर्णय भएको बैठकका अध्यक्षता गरेका राप्रपा अध्यक्ष बिकास महतले बताए। बैठक दलहरुको पालै पालो अध्यक्षता गर्ने गरि बस्दै आएको छ।उनले यसरी दलीय संयन्त्रले जिल्लामा नियमित बैठक बस्नुको मुख्य कारण बिकासका लागि सहयोग पुर्याउन र सुशासन कार्यम गर्न रहेको बताए।त्यसैगरी संसदमा प्रतिनिध्वि गर्ने जिल्लका सबै राजनीतिक दलहरुको पनि सहभागिता गराउने दलीय सम्पन्त्रले निर्णय गरेको छ। अव सो बैठकमा रास्वपा र नकपा एकिकृत समाजवादीको पनि सहभागिता रहेनेछ।आगामी साउनमा पत्रकार सम्मेलन आयोजना गरी जिल्लाको बारेमा जानकारी गराईने भएको छ। वैठकमा काँग्रेस उपसभापति बसन्त रोकाया, एमाले अध्यक्ष ज्ञानी वुमी, उपाध्यक्ष प्रकाशबहादुर शाही र सचिव तीर्थराज बोहरा, माओवादी सचिव धर्मराज बोहरा, राप्रपा उपाध्यक्ष नरेन्द्र शाहीको उपस्थिति थियो।
