खगेन्द्र अवस्थी , काठमाडौं । नेपाली समाजमा बुवा र छोरीबीचको नातालाई संसारमा निकै पवित्र नाता मानिने गरिन्छ।बुवा र छोरीबीच बिहे हुने कुरा त हामीले कल्पना पनि गर्न सक्दैनौँ र यसो गर्नुलाई पाप ठान्छौँ। तर इरानमा आफ्नै छोरीसँग बिहे गर्ने कुप्रथा रहेको छ। सुन्दा अच्चम लाग्छ तर यो सत्य हो।उक्त समुदायमा छोरीहरुलाई सानै उमेरमै आफ्नै बुवासँग बिहे हुने कुरा बताइन्छ र आफ्नै पितासँग बिहे भएको सपना देखाइन्छ। जसकारण बाल्यकाल देखिनै यस्तो कुरा सुनेर हुर्किएका छोरीहरुले आफ्नो बुवालाई लोग्ने स्विकार्ने गर्छन्।यदि कुनै महिलाको बिहे भएको छोटो समयमै लोग्नेको मृत्यु भएको छ भने विधवा महिलाले लोग्नेका परिवारका कुनै पनि एक पुरुषसंग विवाह गर्नुपर्दछ। यहाँ बाबुले छोरीसँग विवाह गर्न सक्छन्, तर गैर-पुरुषसँग हात मिलाउन सक्दैनन् । यो अनौठो कानुनले तपाईलाई अचम्ममा पार्न सक्छ । महिलाहरु विरुद्ध हुने उत्पीडन र उनीहरु विरुद्ध चलिरहेको परम्परालाई पछ्याउने कार्य धेरै देशहरुमा समाज र समुदायको अभिन्न अंग हो । कतै कानुन अनुसार प्रोत्साहन गरिन्छ, कतै चाहेर पनि रोक्न सकिदैन ।तर केही देशहरू छन् जसले महिला विरोधी कानुनलाई कडा समर्थन गर्छन् र तिनीहरूलाई अन्त्य गर्न निकै कठिन छ । तर कहिलेकाहीं जब विरोधको आवाज गुन्जिन्छ, शक्ति पनि डगमगाउँछ, जस्तै इरानले हिजाब विरोधी आन्दोलनमा प्रतिरोध गर्दछ ।इरानमा महिलाले हिजाब लगाउने कानुन यति कडा छ कि यसको विरोध गरेपछि महसा अमिनी नामकी युवतीलाई प्रहरी हिरासतमा लिइएको थियो जहाँ उनको मृत्यु भयो । त्यसपछि यस्तो विरोध सुरु भयो जुन इरानको इतिहासमा सधैं सम्झिनेछ ।हिजाब विरुद्ध संसारभर प्रदर्शन सुरु भएको छ । यो त कानुन मात्र हो । इरान अनौठो कानुनले भरिएको छ जुन केवल महिला विरोधी छ । भनिन्छ, १९७९ को इस्लामिक क्रान्तिले इरानलाई परिवर्तन गर्यो र महिलाको स्वतन्त्रता खोस्ने धेरै कानुन लागू गरियो ।

गैर-पुरुषसँग हात मिलाउन निषेध छ, हिजाब आवश्यक
इरानमा महिलाले गैर-पुरुषसँग हात मिलाएर सार्वजनिक स्थानमा देखिएमा उनीहरूलाई जरिवाना र जेल सजाय हुन सक्छ । अर्कोतर्फ हिजाबको कुरा गर्ने हो भने यहाँका इस्लामिक धर्मगुरुहरूका अनुसार १२ वर्षभन्दा माथिका बालिकाको अनुहार वा शरीर बुबा, श्रीमान् वा भाइ बाहेक कसैले पनि देख्न पाउँदैनन् । यद्यपि यसको विरुद्धमा आवाज उठ्ने गरेको छ ।
रंगशालामा फुटबल खेल हेर्न निषेध
एक समय थियो जब इरानमा महिलाले स्टेडियममा गएर फुटबल खेल हेर्न पाउँदैनथे । तर यो कानुन विरुद्द एक फुटबल प्रेमी सहार खोड्यारीले आत्महत्या गरे । त्यसपछि इरानले यो कानुन परिवर्तन गर्नुपर्यो । वास्तवमा २९ वर्षीय सहरले फुटबल म्याच हेर्न पुरुषको रूप नै परिवर्तन गरेका थिए । तर सुरक्षाकर्मीले उनलाई शंका लागेर रोकेका थिए ।त्यसपछि उनलाई ६ महिनाको जेल सजाय हुन सक्ने अदालतले जनाएको छ । त्यसपछि अदालतबाट बाहिर निस्कनेबित्तिकै सहारले पेट्रोल छर्केर आगो लगाए र एक साताको पीडापछि उनको मृत्यु भयो । त्यसपछि सरकारको महिला विरोधी कानुनको बहस चर्कियो । फलस्वरूप ४० वर्षपछि महिलाहरूलाई इरानमा फुटबल खेल हेर्न अनुमति दिइयो ।
विवाह सम्बन्धमा धेरै अनौठो नियम
द गार्डियनमा प्रकाशित समाचारका अनुसार इरानमा सन् २०१३ मा एउटा कानुन पारित भएको थियो जसअन्तर्गत बाबुले आफ्नी छोरीसँग विवाह गर्न सक्छन् । तर, यसमा बाबुले धर्मपुत्री छोरीसँग बिहे गर्न पाउने व्यवस्था छ । उनको उमेर १३ वर्ष वा सोभन्दा बढी हुनुपर्छ । तर, यो ऐनको चर्को विरोध पनि भएको थियो । तर अहिले सम्म यी ऐनहरु लागु भएन वा परिमार्जन भए भन्ने विषयमा केहि खुलेको छैन ।