जनकपुर । मधेश सरकारले आज प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेका हुन ।

नीति तथा कार्यक्रम प्रस्तुतिका लागि आजै दिउँसो २ बजे प्रदेश सभाको बैठक बोलाएको प्रदेश सभाका प्रवक्ता तथा सचिव अरुणकुमार झाले बताय ।
जेठ १५ गतै नै नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै आएकोमा यो वर्ष १४ दिन ढिलो भएको हो ।
प्रकाशित :- २०८१ जेष्ठ २९, मंगलवार ०४:४९