काठमाडौँ । नक्कली नोट कारोबार गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–५ स्थित पद्या कोलोनी बस्ने ४१ वर्षीया निलिमा श्रेष्ठ छिन् ।जेठ २६ मा काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित ह्वाइट र्याबिट रेस्टुरेन्ट नजिकबाट प्रहरीले तारा देवी डङ्गोललाई पक्राउ गरेको थियो । ४७ वर्षीया डंगोल कलंकीमा चिया पसल चलाउँछिन् ।आरोपीहरुको साथबाट ५ लाख १४ हजार नक्कली नेपाली रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले रातोपाटीलाई बताए ।

प्रकाशित :- २०८१ जेष्ठ २८, सोमबार ०६:१४