काठमाडौं । त्रिभुवन विश्वविद्यालयको जग्गा खोजबिन गर्न बनेको समितिले औपचारिक रुपमा काम सुरू गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले समितिले आजदेखि काम सुरू गरेको जनाएको छ ।सरकारले १७ जेठमा त्रिभुवन विश्वविद्यालय (त्रिवि)को नाममा काठमाडौं उपत्यकाभित्र रहेका जग्गाको खोजी गर्न समिति गठन गरेको थियो ।सरकारले पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा त्रिविको जग्गा, भवन लगायत अचल सम्पत्तिको खोजी गर्नसमिति गठन गरेको हो । समितिलाई लगत संकलन, संरक्षण, उपभोग, व्यवस्थापन र आवश्यक अन्य कार्यका लागि अध्ययन गरी ठोस प्रतिवेदन पेस गर्न भनिएको छ ।पूर्व सहसचिवद्वय महेन्द्रकुमार थापा र जानकीवल्लभ अधिकारी समिति सदस्य छन् भने प्रा.डा. प्रेमसागर थापा त्रिवि विज्ञ सदस्य र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव सदस्य सचिव रहेका छन् ।
