मिन बहादुर खड्का काठमाडौं : देउडा गायक रोहित ढुङ्गानाको “क्या राम्रो नौखुवा अछाम्” नामक देउडा गीत सार्वजनिक भएको छ । बुधबार खप्तड डिजिटल युट्युव च्यानलबाट साँझ ५ बजे गीत सार्वजनिक भएको हो । गीतमा आवाज गायक रोहित ढुङ्गानाको रहेको छ भने स्वरमा साथ गायीका सुनिता बुढा क्षत्रीले दिएकी छन् ।गीतमा शब्द संगीत गीतकार तथा साहित्यकार राजेन्द्र शाह बि.पीको रहेको छ । गीतको एरेञ्ज चर्चित एरेञ्जर बिनोद बाजुरालीले गरेका छन् । गीत मालाश्री रेकर्डिङ स्टडियोमा सागर बाजुरालीले रेकर्ड गरेका थिए । गीतको छायांकन काठमाडौंको कृतिपुरमा गरिएको बताइएको । भिम थापाले निर्देशन गरेको गीतमा अभिनय चर्चित मोडल झर्ना बोहरा, रोजी कुँवर डम्मर ढुङ्गाना, सुनिल जोशी र लोकेन्द्र बुड्थापाले गरेका छन् ।देउडा क्षत्रमा लामो समय देखी काम गर्दै आएका व्यक्तिहरुको संलग्नतामा यो गीत बनेको छ । गीतमा जोडिएका प्राय सबै जना देउडा क्षेत्रबाटै आफ्नो राम्रो पहिचान बनाउन सफल भैसकेका कलाकारहरु छन् । यो गीतमा जोडिएको टिम हजारौं देउडा गीतको शब्द संगीत गरिसकेका शाहले शब्द संगीत गरेको यो गीतलाई धेरैले माया गर्ने अपेक्षा गरिएको छ।अछामको नौखुवा ठाउँको एतिहासिक पक्षहरुलाई गीत मार्फत झल्काउन खोजिएको बताइएको छ । निकै मिहिनेत गरेर तयार पारेको यो गीतला ई धेरै दर्शकहरुले माया गर्ने अपेक्षा गीतकार एवम् साहित्यकार शाहको भनाई छ । माया पिरतीका कुराकानी गीतमा भएपनि नौखुवा ठाउँलाई झल्काउन खोजेको उनले बताएका छन् ।गीत मार्फत अछामको नौ खुवाको सुन्दर दृश्य पनि देखाइएको छ । परापुर्व कालदेखी अछामको नौ खुवामा हुँदै आएको रितिरिवाजलाई पनि गीत मार्फत देखाउन खोजिएको छ । गीतले सिङ्गो अछाम् जिल्लाको पुरानो पहिचानलाई सम्झाउने गीतकार एवम् साहित्यका राजेन्द्र शाह बिपीको भनाई छ ।शाहले शब्द संगीत गरेका कयौं गीतहरुले यस अघि पनि सार्वाधिक चर्चा पाइसकेका छन् ।

यो हो भिडियो हेर्नुहोस्