काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाससहितका प्रतिपक्ष दलका नेताहरुसँगको भेटलाई लिएर आत्तिनुपर्ने आवश्यकता नरहेको बताउनुभएको छ । आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो ।उहाँले आफ्नो पार्टी राजनीतिको महत्वपूर्ण घटक भएको र सबै नेताहरुसँग छलफल चल्ने कुरा स्पष्ट रहेको बताउनुभयो । उहाँले सबैले नेताहरुसँग भेट गर्न र सम्पर्क बढाउन पाउने बताउनुभयो । उहाँले सरकारमा कुनै असमझदारी नबनाउन आफूले यसबारेमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई जानकारी गराएको पनि बताउनुभयो ।उहाँले देशको राजनीति कति बेला के हुन्छ भन्नसक्ने स्थितिमा नरहेको बताउनुभयो । उहाँले आफ्नो पार्टी दुई वटा नाउमा खुट्टा हिँड्ने खाले नरहेको बताउनुभयो । उहाँले अहिलेको अन्योललाई टुंग्याउनैपर्ने अवस्था रहेको बताउनभयो । उहाँले सरकारमा बस्ने की नबस्ने भन्नेमा पार्टीको बैठकले टुंगो लगाउने बताउनुभयो ।
