काठमाडौँ । माओवादी केन्द्रकी सांसद छिरिङ ल्हामु लामा तामाङले कर्णालीवासीको औसत आयु १ वर्षले कसरी बढ्यो भन्दै प्रश्न गरेकी छिन् ।आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद तामाङले नेपालीको औसत आयु भन्दा कर्णालीवासीको औसत आयु १ वर्ष कसरी बढी भयो भन्दै राष्ट्रिय तथ्याङ्क विभागलाई प्रश्न गरेकी छिन् । उनले भनिन–‘राष्ट्रिय तथ्याङ्क विभागले राष्ट्रिय जनगणनाको विवरण हालै सार्वजनिक गरेको छ । उक्त तथ्याङ्क अनुसार कर्णालीवासीको औसत आयु नेपालीको भन्दा १ वर्ष बढी छ । १० वर्ष अघिसम्म सबैभन्दा कम औसत आयु भएका कर्णालीवासीको औसत आयु यो तरिकाले कसरी बढ्यो ?’उनले यसबारेमा तथ्याङ्क विभागको ध्यानाकर्षण गराएकी छिन् ।
