काठमाडौँ । आर्थिक अनियमितता गरेको आरोपमा स्पेनका चर्चित फुटबलर जेरार्ड पिकेमाथि छानबिन अगाडि बढाइने भएको छ । स्पेनको अदालतले पिकेमाथि छानबिन गर्न निर्देशन दिएको हो । पिके आफ्नो समयका प्रभावशाली डिफेन्डर हुन् । उनले स्पेनिस पावर हाउस बार्सिलोना र इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट पनि व्यवसायिक फुटबल खेलेका थिए ।उनीमाथि स्पेनिस सुपर कप साउदी फुटबल प्रतियोगिता अरेबियामा सारिएको सम्झौतामा संलग्न रहेर आर्थिक अनियमितता गरेको आरोप लगाइएको छ ।पिकेको कम्पनी कसमसले स्पेनिस फुटबल महासंघसँग स्पेनिस सुपर कपको विषयमा सम्झौता गरेको थियो । ३७ वर्षीय पीके स्पेनिस राष्ट्रिय टोलीका पूर्व खेलाडी पनि हुन् ।पिकेले भने आफूमाथि लागेको आरोप निराधार रहेको दाबी गर्दै आएका छन् । पिके र स्पेनिस फुटबल महासङ्घका तत्कालीन अध्यक्ष लुइस लुबियालेसबिचको अडियो वार्ता बाहिरिएपछि यो प्रसङ्ग बाहिर आएको थियो ।
