काठमाडौं– नेकपा माओवादी केन्द्रको संसदीय दलको पूर्ण बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बसिरहेको छ । बैठकमा भोलिदेखि सुरु हुने बजेट अधिवेशनमा पार्टीको भूमिका र प्रस्तुतिको रणनीतिबारे छलफल भइरहेको छ ।

साथै, सङ्घीय निजामती सेवा विधेयक, विद्यालय शिक्षा विधेयकलगायतका महत्वपूर्ण विधेयकहरूमा संसदमा पार्टीले खेल्ने भूमिकाका विषयमा पनि बैठक केन्द्रित रहेको छ ।
प्रकाशित :- २०८२ बैशाख ११, बिहीबार ०३:५९