जावलाखेल । ललितपुर महानगरपालिकाको १०६औं वार्षिकोत्सबको अवसरमा आयोजित मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको पहिलो दिन आइतबार ६ खेल सम्पन्न भएका छन् ।

जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको कभर्डहल जावलाखेलमा आगामी चैत १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको पहिलो दिन महिलातर्फ दुई र पुरुषतर्फ तीन खेल सम्पन्न भएका हुन् ।
महिलातर्फको पहिलो खेलमा महालक्ष्मी नगरपालिका ललितपुरले निलकण्ठ नगरपालिका धादिङलाई २-१ को सेटमा हरायो। पहिलो सेट २५-१३ ले जितेको निलकण्ठले दोस्रो सेट २७-२५ ले गुमाएपछि खेल तेस्रो सेटमा पुगेको थियो। जसमा महालक्ष्मी १५-१२ को स्कोरमा विजयी भयो।
महिलातर्फको दोस्रो खेलमा ललितपुर महानगरपालिकाले हेलम्बु गाउँपालिका सिन्धुपाल्चोकलाई २५-१३, २५-९ को स्कोरमा हराउँदै विजयी सुरुआत गर्यो।
यस्तै, पुरुषतर्फ महांकाल गाउँपालिका ललितपुरले पंञ्चकन्या गाउँपालिका नुवाकोटलाई २५-२०, २५-२० को स्कोरमा हरायो।
दोस्रो खेलमा ललितपुर महानगरपालिकाले मेलुंग गाउँपालिका दोलखालाई २५-१८, २५-१९ को स्कोरमा पराजित गर्यो।
तेस्रो खेलमा खाडाँदेवी गाउँपालिका रामेछापले पनौती नगरपालिका काभ्रेलाई २५-१४, २९-२७ ले पराजित गर्दै विजयी सुरुआत गर्यो।
चौथो तथा दिनको अन्तिम खेलमा गल्छी नगरपालिका धादिङ मन्थली नगरपालिका रामेछापसँग १६-२५, १०-२५ ले पराजित भयो।