काठमान्डौ । आज म आफै भित्र आफुलाइ खोतल्ने प्रयास गर्दै छु। एउटा ग्रामीण परिबेसको सामान्य परिवारमा जन्मे हुर्केर कसरी गीत लेखनमा अभिप्रेरित भए होला? एउटा मेडिसिनको बिद्यार्थि हुँदै अहिले शल्य-चिकित्सकको रुपमा कार्यरत भैरहदा सम्म कसरी अबिछिन्न्न गीत लेखनमा लागिराखेको छु होला? मलाइ गीत लेख्न जागर कहाँबाट आउछ,उर्जा कताबाट आउछ? भावनाहरु शब्दमा कसरी आउछ्न? अनि गीतको रुपमा कसरी सजिन्छन? हो यो सब कुरा आज आफैले आफैलाई सोध्न मन लाग्यो । बिद्यालय जीवनको सम्झना गर्न चाहान्छु। हामिलाई गुरुहरुले भन्ने गर्नु हुन्थ्यो जीवनमा केही यस्तो काम गर्नु जस्ले गर्दा नाम कमाइयोस। दाम त यहाँ जे गरेर पनि कमाउन सकिन्छ। यहि सम्झनामा मैले एउटा गजल पनि लेखेको छु।

‘म सानो छदा सुन्थे बाबू नाम कमाउनु पर्छ
अचम्म छ तर अचेल सुन्छु दाम कमाउनु पर्छ’
नाम कमाउन पर्छ भन्ने छाप मेरो बालमनोबिज्ञानमा यसरी पर्यो कि आज जे जति गीत लेखनमा सकृय छु मेरो महत्त्वपूर्ण उर्जा भनेको नै सायद यहि रहेको छ। अर्को कुरा गीत लेख्दै जादा गीत कै माध्यमबाट भए पनि मानिसहरुको मन मस्तिष्कमा पस्न सकियो र केही पल कै लागि भए पनी भावनात्मक सहयात्री बन्न सकियो भने यो मनले धेरै खुसि प्राप्त गर्ने रहेछ, एउटा मिठो अनुभूति हुदो रहेछ। सरसर्ति हेर्दा गीत एउटा ब्यक्तीले आफ्नो लागि लेखेको जस्तो लाग्छ। आफ्नो जीवनको भोगाइ, सङ्गर्स आफ्नो पारिवारिक पृष्ठभुमि, आफ्नो जन्मे हुर्कको ठाउ अनि समाजले पनि लेखनमा देखिने, नदेखिने धेरै प्राभब पारेको पक्कै हुन्छ। बिस्तारै गीत लेखनको अभ्यास गर्दै जादा जब गीत अरुको भावना मिल्ने गरि लेखिन्छ, अरुको दुख, पिडा अथवा खुसी बुझेर आफ्ना शब्दहरु घुलमिल हुन थाल्छन अनि बल्ल गीत जिबन्त र सदाबहार बन्दो रहेछ। पछील्लो समयमा मैले लेखेको गीत ‘मेरो तस्बिर’को स्थायी सम्झन पुगे;
‘खोजी खोजी मेरो तस्बिर तिमिलाइनी हेर्नू पर्ला
सम्झी त्यो दिन अङालोमा मेरै तस्बिर बेर्नु पर्ला’
यो गीतले पाएको चर्चा र मायाले यो कुरालाई अझ पुष्ठि गरेको छ। आफ्नो लागि त जीवन सबैले बाचेकै हुन्छौ। केही अरुको लागि पनि गर्न सकेउ भने त्यसबाट मिल्ने आनन्द अलि बेग्लै हुन्छ। अरुको लागि केही गरौ भन्न त सजिलो छ तर के गर्ने कसरी गर्ने भन्ने पाटो फेरि बेग्लै छ। तर पनि मनमा केहि गरौ भन्ने भावाना आउनु मात्रै पनि राम्रो कुरा हो। जुन ऐले को समयमा अलि कम भयको होकि जस्तो लाग्दछ। गीत संगीत हाम्रो दैनिक जीवनको एउटा अभिन्न पाटो बनिसकेका छ्न। टेलिभिजन,एफ एम, रेडियो, समाजिक सन्जाल आदिमा बज्ने गीतहरुले हामिलाइ मनोरञ्जन,प्रभाव वा सान्तवना दियिराखेका हुन्छन। सङ्सङै केही बिबादित विषयमा लेखियेका सबै उमेर समूह लाई नमिल्ने खास गरि भाइरल हुने चाहानामा लेखिएका गीतहरुले नकारात्मक असर, बितृशणा पनि आम मानिसमा जगाइरहेको हुन्छ। तेसैले स्वच्छ ,मानवीय ,र सामाजमा सबैले निर्धक्क सित गाउन र गुनगुनाउन मिल्ने गीतहरु निस्कनु पर्दछ।
हरेक ब्यक्तीको आफ्नै दुख कष्ट हरु हुन्छन। खुसीका पल हरु पनि उत्तिकै हुन्छन।मेरो गीत लेखनको सुरुवात नाम कमाउन को लागि भए पनि जीवनका उतार चढाब सङसङै नेपाली समाज अनि परिवेशका भोगाइहरु सङै अघि बढदै गयो। अभाव,संघर्ष , पारिवारिक दुख पिडा सङै पढेर डाक्टर बन्ने अभिलाषा थपिदा गीत लेखन झन बढदै गयो। लेखेर साथि भाइलाइ बाचन गरेर सुनाउदा एकदम आनन्द आउने अनि अझ कसैले क्या लेख्छस है भने भने त खुसि को सिमा नै हुदैन थियो। डाक्टर पढ्न पाउनको लागि गर्नु पर्ने मेहनत सङै कयौं असफलता पछिको सफलता ले पनि मेरो मन-मस्तिष्कमा धेरै गीतहरुको जन्म गरायो जुन मेरो डाइरिमा ती पलका सम्झना स्वरुप रहेका छ्न। जब मेडीसिनको पढाई सुरु भयो त्यसपछी त झन मानिसहरुमा सम्बन्धका कारण आउने भावानात्म्क सुख, दुख र पिडा भन्दा पनि मानिसको घाउ चोट मृत्यु सङै उब्ज्ने भावनाहरु सङ नजिक हुन पुगे। लेख्ने मन बोकेको मेडीसिनको विद्यार्थी हुदा देखि आज शल्य-चिकित्सक भएर काम गरिरहदा धेरै घाउ र रोग हरु देखेको छु। घाउ अनि रोगहरु निको हुदाको खुसी देखेको छु। रोग निको नहुदा को पिडा देखेको छु। महसुस गरेको छु। भन्न त डाक्टरले काम मस्तिस्कले गर्नु पर्छ भन्छन तर यो लेख्ने हुटहुटी बोकेको मनले कैले मस्तिष्कलाई मात्रै एक्लै छोडदैन सायद त्यसैले बिरामिको चिन्ता पिडा मेरो घरसम्म पुग्छन। मैले हेरेका, उपचार गरेका बिरामीको अवस्थाले मेरो अनुहारको रंग परिवर्तन गरिदिन्छन। कैले खुसी हुँदै घर पुग्छु कैले दुखी हुँदै। ऐले आएर सोच्दा सायद म शल्यचिकित्सक हुनु पनि गीत लेखनमा सहयोगी भुमिकामा छ जस्तो लाग्छ।
चाहादैमा सबैलाई निको पार्न सकिँदैन,सबै लाई खुसी राख्न पनि सकिँदैन तर आफ्नो मन सफा छ,आफ्नो उदेश्य असल छ,नियत राम्रो छ भने कहि न कहि सन्तुस्टी त मिलिराखेको हुन्छ। यति भन्दै गर्दा मेरो रचनामा रहेको गीत ‘सलाई’को एउटा अन्तरा याद आयो;
‘तिम्रै खुसी हासो हेर्ने थियो मनको चाहा
बदला मा चोट पाउने कहाँ थियो र थाहा’
गीतकार भएर पहिचान बनाउन अरु बिधामा भन्दा समय लाग्ने गर्दछ। तर पनि कोसिश गरिराख्यो र लागि पर्ने हो भने गीतकार बनेर नाम कमाउन सकिन्छ जुन कुराको उदाहरण हाम्रा अग्रज गीतकार जिउ हरु हुनुहुन्छ। छोटो समय मा ख्याती कमाउछु भन्दा पनि यो समाजमा रहेर गीत लेखेर भय पनि केइ गर्न सकियोस भनेर लाग्नु पर्दछ। कुनै पनि काममा इमादरिता,लगनसिलता,र मेहनत गर्न सकियो भने आफुले खोजेको लक्ष्य एकदिन अवस्य चुम्न सकिन्छ। अन्तमा मेरो रचना ‘बिर्सनु कसरी’ बाट
‘सम्झने मन दुखाइ गयौ सम्झनु कसरी
बिर्सन परे यो ज्यानै जान्छ बिर्सनु कसरी’
भन्दै बिदा माग्छु।
गीतकार डा बिष्णु मुर्ती भट्टराई
शल्य-चिकित्सक- हाल-कृमसन अस्पताल,मनिग्राम रुपन्देहि
bmsbbhattarai@gmail.com