काठमाडौ: संदिप लामिछानेले भावुक स्टाटस लेखेका छन् । यतिबेला उनको स्टार्टसको चर्चा भइरहेको छ उनका समर्थकहरुले उनको स्टार्टस शेर गर्दै निराशा व्यक्त गरिहेका छन् । नेपालले टी(२० विश्वकप खेल्ने तयारी गरिरहँदा स्पिनर सन्दीप लामिछाने भने भिसाको समस्याले गर्दा जान पाएका छैनन् । अमेरिकी दूतावासले उनलाई भिसा दिन इन्कार गरिरहेको छ ।पहिलोपटक विश्वकप खेल्ने सपना देखिरहेका सन्दीप बिस्तारै निराश बन्न थालेका छन् ।

आज एक स्टाटस लेख्दै उनले आफ्नो सपना अधुरो रहनसक्ने संकेत गरे ।उनले लेखेका छन्, ‘इमान्दारितापूर्वक भन्छन्, मेरो सपना पूरा नभए पनि के कुरामा खुशी छु भने देशको सपना पूरा भएको छ ।गत वेठ २ गते ’क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको थियो । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उनलाई निर्दोष ठहर गरेको थियो ।
गौशाला २६ ९परिवर्तित नाम० ले हालेको मुद्दामा जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसला उल्टाउन माग गर्दै सन्दीपले उच्चमा पुनरावेदन गरेका थिए । हिजो र आज दिनभरि दुवै पक्षको बहस सुनेपश्चात उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपलाई निर्दोष ठहर गर्यो ।उच्च अदालतको फैसलापछि सन्दीप फेरि क्रिकेटमा फर्किन योग्य भएका छन् । जिल्ला अदालतले दोषी ठहर्याएपछि नेपाल क्रिकेट संघले उनलाई निलम्बनमा राखेको थियो ।
उच्चको फैसलापछि क्यानले निलम्बन तत्काल फुकुवा गरेर टी(२० विश्वकपमा खेलाउने बाटो खुलेको गरिदिएको थियो । निलम्बन फुकुवा गरे संगै क्यानले बिश्वकप खेल्न पठाउने पहल चालेको थियो । तर गत जेठ ९ गते अमेरिकी दूतावासले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको थियो । सन्दीपले एक स्टाटस लेख्दै अमेरिकाले भिसा दिन अस्विकार गरेको जानकारी गराएका थिए । त्यसपछि अमेरिकाको उनका समर्थकहरुले आलोचना गरिहेका छन् । क्यानले निरनत पहल गरिहेको छ। तर अन्नत उनि बिश्वकप खेल्न जान नपाउने लगभग निश्चित जस्तै भएको छ ।