टी–२० विश्वकपमा क्रिकेटर सन्दीप लामिछानेले सहभागी हुन पाउने या नपाउने भन्ने विषयमा अझै पनि अन्योल कायमै रहेको छ । विश्वकपका लागि १५ सदस्यीय टोलीको नामावली बुझाउने अन्तिम समय नजिकिँदै गर्दा पनि लामिछानेको भिसाको विषयमा टुङ्गो लाग्न नसकेको हो ।


यता लामिछानेको विषयमा संघ र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बिच पनि एक खालको सहमति भएको उनले जानकारी दिए । ‘हाललाई बुझाउनुपर्ने १५ जना खेलाडीहरूको अन्तिम सूचीमा १४ जना खेलाडीहरूको सूची मात्र बुझाउने र लामिछानेको विषयमा टुङ्गो लागेपछि १५ औँ खेलाडीको टुङ्गो लगाउने आईसीसीसँग एक खालको सहमति भएको छ,’ चन्दले भने ।
यस विषयमा संघको दोषभन्दा पनि अमेरिकाले भिसा नदिँदा समस्या भएको उनको जिकिर छ । त्यही भएर अन्तिम समयमा भिसा आयो भने पनि लामिछानेलाई टोलीमा सहभागी गराउन सकिने आईसीसीले बताएको चन्दले जानकारी दिए ।
यता अमेरिकाको भिसा नआए वेस्ट इन्डिजमा मात्र भए पनि लामिछानेलाई खेलाउने विषयमा कुराकानी भइरहेको चन्दको भनाई छ । नेपालले दक्षिण अफ्रिका र बंगलादेशविरुद्धको खेल वेस्ट इन्डिजमा खेल्ने तालिका छ ।