काठमाडौं । सहकारीको बचत अपचलन छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले पूर्णता पाएको छ। तीन महिना अघि संसद्बाट गठन भएको समितिले तयार गरेको प्रतिवेदनलाई अन्तिम रूप दिएसँगै आज हस्ताक्षर भएको हो ।

आज बसेको बैठकबाट हस्ताक्षर भएसँगै आजै प्रतिवेदनमाथि प्रतिनिधिसभा बैठकमा पेस हुनेछ ।
समितिले रास्वपा सभापति रवि लामिछानेलाई सहकारी ठगीमा दोषी भएको निष्कर्ष निकालेको छ । समितिले लामिछानेसहित ९ जनालाई कारबाहीको लागि सिफारिससमेत गरेको स्रोतले जनाएको छ ।
प्रकाशित :- २०८१ भाद्र ३१, सोमबार ०८:१५