काठमाडौं– नेकपा एकीकृत समाजवादीको महिला उपाध्यक्षमा जयन्ती देवी राई निर्वाचित भएकी छिन् । राई निर्वाचित भएसँगै उक्त पदमा प्रतिस्पर्धामा रहेकी रामकुमारी झाँक्री पराजित भएकी छन् ।

राईले १८९ मत पाउँदा झाँक्रीले ११२ मत पाएकी छिन् । राई माधव नेपालको टिमबाट थिइन् भने झाँक्री झलनाथ समूहबाट उम्मेदवार रहेकी थिइन्।
प्रकाशित :- २०८१ भाद्र १२, बुधबार ०१:४३