काठमाडौं । चलचित्र ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक भएको छ । हलमा यसअघि नै बजाउन थालिएको ट्रेलर युट्युबमा आज सार्वजनिक गरिएको हो । ट्रेलरमा विवाहका लागि छोरीलाई मनाउन परिवारले गरेको प्रयास, छोेरीले गरेको अस्वीकार र भिन्नभिन्न स्वभावका केटा देखाइएको छ ।उमेर बढ्दै जाँदा छोरीको विवाह गर्न हुने सामाजिक समस्यालाई सिनेमाले कमेडी शैलीमा प्रस्तुत गरेको ट्रेलरले संकेत गरेको छ । चलचित्रमा स्वस्तिमा खड्का, निश्चल बस्नेत, विजय बराल, बसुन्धरा भुसाल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय छ ।
