काठमाडौं– काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए ।

अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुपैयाँ रहे पनि ३ लाख रुपैयाँ डिस्काउन्ट दिन्छौं भनेर उनलाई २८ लाख रुपैयाँमा गाडी बिक्री गरियो । १५ लाख रुपैयाँ नगद र १३ लाख रुपैयाँको चेक उनले दिएका थिए । १९० दिनपछिको मिति राखेर चेक दिएको उनले बताए ।
२०८० साउन २ गते उनले उक्त गाडीको डेलिभरी पनि पाए । तर, उक्त गाडीको बजार मूल्य ३१ लाख नभएर २५ लाखमै बिक्री भइरहेको सूचना इन्टरनेटबाट प्राप्त गरेपछि बल्ल उनलाई आफू ठगिएको थाहा भयो ।
ढुंगानाले बुझाएको नगद र चेकको विवरण:
‘मलाई ३ लाख छुट भनेर ३१ लाखको गाडी २८ लाखमा दियो । तर, बजारमा त्यही गाडी २५ लाखमै बिक्री हुने गरेको रहेछ,’ ढुंगानाले भने, ‘३ लाख रुपैयाँ बढी लिएर ठग्यो भन्ने लागेपछि मैले डिलरलाई फोन गरेर गाडी फिर्ता लग्न पटक–पटक भने पनि शुरूमा फिर्ता लगेनन् ।’
आफूले दिएको १५ लाख नगद र १३ लाखको चेक फिर्ता गरी गाडी लैजाऊ भनेर पटक–पटकभन्दा शुरूमा नमानेको र पछि आएर जबरजस्ती गाडी लगेको उनको भनाइ छ ।
‘गाडी पनि मेरो नाममा थिएन, कम्पनीकै नाममा थियो । ठगी गरेको बुझेपछि गाडी फिर्ता लैजान पटक–पटक अनुरोध गरे पनि उनीहरूले मानेनन्,’ ढुंगानाले थपे, ‘तर, पछि २०८० माघ ९ गते छापामार शैलीमा कम्पनीका पुरुषोत्तम अधिकारीसहितका ४/५ जना आएर गाडी फिर्ता लगे ।’
गाडी फिर्ता लाँदा २ हजार १८० किलोमिटर गुडेको थियो । ७९० किलोमिटर गुडिसकेको अवस्थामा गाडी डेलिभरी गरिएको भन्दै उनले आफूले १ हजार ३९० किलोमिटर मात्र गुडाएको बताए ।
‘गाडी फिर्ता लगिसकेपछि रकम फिर्ता दिनका लागि पटक–पटक ताकेता गरे पनि रकम फिर्ता गरेनन्,’ उनले भने, ‘तेरो गाडी रिसेल गर्दैछु, ५ लाख ८८ हजार १९२ रुपैयाँ दिन्छु भनेर २०८१ वैशाख १२ गते ५ हिसाब पठायो ।’
गाडीको बिक्री मूल्य २८ लाख रहेको, १५ लाख भुक्तानी पाएको, १३ लाख बाँकी रहेको भन्दै उक्त गाडीको रिसेल मूल्य २० लाख, लेट फी (ब्याज)को १ लाख २१ हजार ८०८ रुपैयाँ देखाउँदै ५ लाख ८८ हजार १९२ रुपैयाँ फिर्ता लिन आऊ भनेर डिलरका फाइनान्स हेड लुसन श्रेष्ठले हिसाब पठाएको उनले बताए ।
लुसन श्रेष्ठले पठाएको हिसाब :
६ महिनामा गाडीको डिप्रिसिएसन भ्यालु ९ लाख रुपैयाँ भएको भन्दै आफूलाई कम्पनीले ठगेको उनको गुनासो छ । ‘यो उपभोक्तामाथिको लूट हो । म मात्र ठगिएको छैन, अन्य धेरै उपभोक्तालाई उक्त कम्पनीले ठग्दै आएको मैले सुनेको छु,’ ढुंगानाले थपे, ‘गाडी नै मेरो नाममा आएको थिएन । ६ महिना गाडी राखेको भन्दै १० लाख रुपैयाँ कसरी काट्न मिल्छ ?’यस विषयमा प्रतिक्रिया लिन खोज्दा बज्र ग्रुपका फाइनान्स हेड (सीएफओ) लुसन श्रेष्ठले केही प्रतिक्रिया दिन चाहेनन् ।’त्यतिबेलाका सेल्स एजेन्ट एनके शरदसँग कुरा गर्नुस्, उहाँले नै सबै कुरा भन्नुहुन्छ,’ श्रेष्ठले भने ।कम्पनीका एमडी प्रकाश बज्राचार्यसँग पनि फोनमा प्रतिक्रिया लिन खोज्दा मीटिङमा व्यस्त रहेको भनेर कुरा गर्न चाहेनन् ।सेल्स एजेन्ट शरदले भने आफू अहिले उक्त कम्पनीमा कार्यरत नरहेको बताए ।’उक्त गाडीको त्यतिबेलाको प्रज्ञापन पत्रमा ३० लाख ९९ हजार रुपैयाँ कायम गरिएको थियो । सोही आधारमा उहाँलाई ३ लाख छुट गरेर २८ लाखमा गाडी दिइएको थियो,’ शरदले भने, ‘उहाँले १५ लाख नगद र १३ लाखको चेक दिए पनि चेक बाउन्स भएको थियो ।’केही महिनापछि बजारमा कोमेडको पनि गाडी आएकाले आफूहरूले प्रतिस्पर्धामा बजार मूल्य घटाएको उनले स्वीकारे ।’नाडामा कोमेडको गाडी आएपछि उक्त गाडीको एमआरपी घटेर २६ लाख ९९ हजार रुपैयाँ कायम भएको हो,’ उनले थपे, ‘तर, ढुंगानाजीले खरिद गरेको बेलामा गाडीको मूल्य ३१ लाख नै थियो ।’उनले थपे, ‘३ हजार किलोमिटर गाडी पनि गुडाउनु भयो । भुक्तानी पनि गर्नु भएन । त्यसकारण कम्पनीले गाडी फिर्ता लिएर रिसेल गर्न लागेको हो ।’३ हजार किलोमिटरसम्म गाडी गुडाएपछि कम्पनीले डेप्रिसिएसन भ्यालू काटेर, ब्याज समेत काटेर हिसाब पठाएको उनको जिकिर छ ।’कम्पनीले उहाँलाई हिसाब पठाएको छ । सेटलमेन्ट गर्न दुवै पक्षको भ्यालुएटर राखेर हिसाब गर्न सकिन्छ,’ शरदले थपे, ‘१० लाख रुपैयाँ डिप्रिसिएसनमा उहाँको चित्त बुझेको छैन भने दुवै पक्षको भ्यालुएटर राखेर सेटलमेन्ट गर्न सकिन्छ ।’ लोकान्तर बाट…