गृहमन्त्री रमेश लेखकले संघीय प्रहरी कानून संशोधन हुनेगरी नयाँ ऐन बनाउन लागिएको बताएका छन् । सिरहा र धनुषामा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन आएका गृहमन्त्री लेखकले जनकपुरधाम विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै नयाँ प्रहरी कानून बनाउन मन्त्रालयबाट निर्णयगरी अर्थ मन्त्रालयमा पठाइसकिएको बताए । मन्त्रालयको सहमतिपछि संसद्मा पेश हुने उनले बताए ।‘मैले मन्त्रालयबाट निर्णय गरेर अगाडि बढाइसक्या छु । त्यो अर्थ मन्त्रालयमा गएको छ,’ मन्त्री लेखकले भने, ‘विभिन्न मन्त्रालयहरूको सहमति पछि त्यो संसद्मा जान्छ ।’ऐन बनेपछि प्रदेश प्रहरी गठन र समायोजनका काम धमाधम हुने उनले बताए । वर्तमान सरकार डेलिभरी दिनकै लागि बनेकाले त्यसमा कुनै कम्प्रोमाईज नहुने उनको भनाइ छ ।
