काठमाडौँ : देबि घर्ति र राजु ढकालले ल्याएको मुटुको ढुकढुकी तिज गीत यति बेला चर्चामा रहेको छ । नेपाली नारीहरूको महान् पर्व हरितालिका तिजलाई लक्षित गरेर देबि घर्ति र राजु ढकालले ल्याएको तिज गीत मुटुको ढुकढुकी यति बेला सबैको मन मस्तिष्कमा बस्दै चर्चामा रहन सफल भएको हो । पछिल्लो समय तिजको छेको पारेर भड्किला गीतहरू आइरहेको समयमा राजु ढकालको प्रस्तुति रहेको तिज गीत मुटुको ढुकढुकीमा भने नेपालीपन सुहाउँदो उत्कृष्ट प्रस्तुति आएको हो । उक्त गीतलाई देबि घर्ति र राजु ढकालले आवाज भरेका छन् । पछिल्लो समय ढकालका तीज गीतहरू बजारमा निकै चर्चामा छन् । हरेक वर्ष तीज आउन बित्तिकै ढकालका फ्यानले तीज गीत खोज्न थाल्छन् । उसो त गायक ढकालले हरेक वर्ष तीज गीत बजारमा ल्याउने गरेका छन् । यो वर्ष पनि ढकालले ‘मुटुको ढुकढुकी’ तीज गीत सार्वजनिक गरेका छन् । फ्यानको मायाको साथले यो वर्ष पनि तीज गीत सार्वजनिक गर्न सफल भएको ढकालले बताए । राजु ढकालको स्वरमा रहेका ‘मुटुको ढुकढुकी’, ‘डाडा पाखा फुल फुल्यो बुकी ‘, तीज गीत चर्चामा आएको छ । गीतसंगीतकै निरन्तरतामा राजु ढकालले गीतमा निकै उत्कृष्ट शब्द समावेश गरिएको छ । गीतको शब्द र लय रबिन लामिछानेले गरेका छन् । मदन खड्काको निर्देशन रहेको गीतको म्युजिक भिडियोमा जीवन वाग्ले र समीक्षा भुजेलको अभिनय रहेको छ । गीत देबि घर्ति मगरको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
