काठमाडौं । प्रतिनिधिसभाको बैठक सरेको छ । आइतबार दिउँसो १ बजेका लागि तय भएको बैठक सारिएको संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।बैठक सोमबार दिउँसो १ बजेका लागि बोलाइएको छ । सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेकाले बैठक सारिएको पाण्डेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सरकारले आइतबार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित :- २०८१ श्रावण १८, शुक्रबार १०:४६