काठमाडौं । इन्टरनेटले संसारलाई परिवर्तन गरेकोमा कुनै सन्देह छैन । यसले सबै क्षेत्रलाई नयाँ आकार दिएको छ । इन्टरनेटले गरेको सबैभन्दा ठूलो परिवर्तन समय बिताउने तरिकामा हो । तर कहिलेकाहीँ इन्टरनेट चलाएर मात्र बस्दा अब के गरौं गरौं भन्ने लाग्न सक्छ ।

आज हामी त्यस्तो समयमा प्रयाेग गर्न सकिने केही वेबसाइटबारे जानकारी दिँदैछौं । यी वेबसाइट चलाउँदा रमाइलो हुनुका साथै ज्ञान पनि लिन सकिन्छ ।


१. विन्डो स्वाप (WindowSwap)

यस वेबसाइटबाट तपाईंले संसारका विभिन्न ठाउँमा रहेका झ्यालबाट देखिने दृश्य हेर्न सक्नुहुन्छ । झ्यालमा बसेर हेर्दा जस्तो देखिन्छ, त्यस्तै देखिनु वेबसाइटको आकर्षण हो ।
तपाईं आफूले पनि आफ्नो झ्यालबाट देखिने दृश्य पोस्ट गर्न सक्नुहुन्छ । यसका लागि झ्यालबाट देखिने १० मिनेटको भिडिओ खिचेर वेबसाइटमा अपलोड गर्नुपर्ने हुन्छ ।
वेबसाइटमा आफूले चाहेको स्थानको झ्यालबाट देखिने दृश्य हेर्न भने तपाईंले मानिस पाँच डलर तिर्नुपर्छ । नि:शुल्कै चलाउँदा पनि तपाईंले बुकमार्क, प्लेलिस्ट, लुप लगायतका फिचर प्रयोग गर्न पाउनुहुन्छ ।
यसमा झ्यालको दृश्य हेर्न ‘ओपन अ न्यू विन्डोज’ ट्याबमा क्लिक गर्नुपर्छ । जुन स्क्रिनको मध्य भागमा हुने गर्छ । यसको राम्रो पक्ष, तपाईंले जति पटक स्क्रिन रिफ्रेस गर्नुहुन्छ, त्यति नै पटक नयाँ झ्याल देखिन्छ ।
वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस् ।
२. ट्राइप्याप (Trypap)
निकै सामान्य डिजाइन भएको यो वेबसाइटको काम हामीले राख्ने विभिन्न अकाउन्टको पासवर्डको सुरक्षा बारेमा जानकारी दिनु हो । कुनै पनि पासवर्ड वेबसाइटमा टाइप गर्न साथै कति बलियो छ भन्ने सन्देश निकै व्यङ्ग भाष्यमा देखिने गर्छ ।
साइटमा पासवर्ड लेख्ने ठाउँ माथिल्लो भागमा दिइएको छ । त्यहाँ टाइप गरिएका पासवर्डका आधारमा नतिजा भने अलि ठूलो अक्षरमा तल्लो भागमा देखिन्छ । यद्यपि नयाँ पासवर्ड राख्दा यसलाई नै आधार बनाउनु भने हुँदैन । किनकी यसले निश्चित ढाँचाका आधारमा पासवर्ड कमजोर छ या बलियो बताउने गर्छ ।
वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस् ।
३. पोइन्टर- पोइन्टर (Pointer – Pointer)
नामजस्तै यो वेबसाइटको काम तपाईंले क्लिक गरेको स्क्रिनको भागमा औंलाले इङ्गित गर्नु हो । वेबसाइट खोल्नासाथ कालो रङ्गको स्क्रिनमा ‘प्लिज मुभ योर पोइन्टर’ भन्ने सन्देश देखिन्छ ।
जब तपाईंले आफ्नो माउस अथवा औंलाले स्क्रिनको कुनै भागमा थिच्नुहुन्छ, त्यहीँ आफ्नो औंलाले इङ्गित गर्दै गरेका मानिसको चित्र देखा पर्छ ।
ती मानिसहरू विभिन्न मुद्रामा हुन्छन् । उनीहरूको औंलाले भने तपाईंले क्लिक गरेको भाग देखाइरहेका हुन्छन् । त्यस्तै जब तपाईंले आफ्नो माउसको कर्सर चलाउनु हुन्छ, ती तस्वीर पनि स्वतः स्क्रिनबाट हराउँछन् ।
वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस् ।
४. द नियल फन डीप सी (The Neal Fun Deep Sea)
समुद्रबारे जान्न खोजिरहनु भएको छ भने तपाईंका लागि यो वेबसाइट निकै उपयोगी हुन सक्छ । किनकी यस वेबसाइटमा समुद्रको गहिराइ अनुसार त्यहाँ बस्ने जीवहरू बारे जानकारी दिएको छ ।
तपाईं जति वेबसाइट स्क्रोल गर्दै तल जानुहुन्छ, त्यही अनुसार स्क्रिनमा समुद्रको गहिराइ बढ्दै गएको देखिन्छ । वेबसाइटमा समुद्री जीवबाहेक समुद्रको संरचना, समुद्रमुनि अहिलेसम्म फेला पारेका बस्नु, डुबेका मानव संरचना आदिबारे पनि थाहा पाउन सकिन्छ ।
वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस् ।
मिनिमलिस्टिक डिजाइनमा रहेको यो वेबसाइट ध्यानसँग सम्बन्धित छ । ध्यान गरेर मनलाई शान्त पार्न यसमा गेम डिजाइन गरिएको छ । जसमा स्वेर्ल, स्विच र ब्रेक नामका तीन ओटा गेम रहेका छन् ।
तीमध्ये कुनै एकमा क्लिक गरेपछि समय छान्नुपर्ने हुन्छ । त्यसपछि सो समयका आधारमा ती गेम खेल्न सकिन्छ । ती गेमले हाम्रो समग्र मनोवैज्ञानिक स्वास्थ्यलाई सकारात्मक असर पार्ने द जेन जोनको दाबी छ ।
वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस् ।
५. आई एम द क्युब (Iamthecube)
यदि तपाईंलाई रुबिक्स क्युब मन पर्छ भने यो वेबसाइट निकै उपयोगी हुन सक्छ । सामान्य रूपमा बुझ्दा यो अनलाइन क्युब हो । किनकी यसमा वेबसाइटबाटै क्युबको रङ्ग मिलाउन, क्युबबारे जानकारी लिन जस्ता काम गर्न सकिन्छ ।
यसका लागि वेबसाइटको डिजाइन निकै आकर्षक बनाइएको छ । वेबसाइटको तल्लो भागमा स्टाइल्स, क्युबलेट्स, लेबल्स, एक्सन लगायतका विभिन्न खण्ड छन् । जहाँबाट क्युब सम्बन्धी विभिन्न गतिविधि गर्न सकिन्छ, जुन वास्तविक क्युब चलाए जस्तै हुन्छ ।