काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नेकपा (एमाले) सांसद रघुजी पन्त नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति राम चन्द्र पौडेलले पन्तलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

यसैगरी उर्जा जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पुर्ण बहादुर तामाङ्गलाई राज्यमन्त्रीको जिम्मेवारीबाट हटाइएको छ ।
प्रकाशित :- २०८२ बैशाख १०, बुधबार १३:२१